ट्रकको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

ट्रकको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु


गुल्मी, १२ पुस :
गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवलबाट खाद्यन्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.