थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज


काठमाडाैँ, २३ मङ्सिर :
नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेकाे छ । मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २९ हजार ५४ पुगेको छ । 

अब नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ३७ पुगेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.