सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको उठ्याे माग - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको उठ्याे माग


काठमाडौं, २३ मङ्सिर :
प्रधानमन्त्री केपी शर्माओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरिएको छ । राप्रपा नेता दिपक बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिनुभएकाे हाे । नेता बोहोराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गर्नुभएपनि बैठकमा सो सवालमा कसैले जवाफ नदिएकाे जनाइएकाे छ । 

नेता बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको समेत बताउनुभयाे । उहाँले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएकाे थियाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.