स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३२ जनाको पीसीआर परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १०६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३१ हजार ६ सय १ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव २ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६६३ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना संक्रमित थपिए ।
No comments:
Post a Comment