काठमाडाैँ, २९ मङ्सिर : गएको २४ घण्टामा नेपालमा आठ सय २१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा आठ सय ४२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३६ हजार पाँच सय ७३ पुगेको छ ।
नेपालमा अहिले १० हजार नौ सय ५५ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै क्वरेण्टीनमा रहनेकाे सङ्ख्या चार सय ७१ पुगेकाे छ ।
गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय १६ पुगेको छ ।
No comments:
Post a Comment