सिंहदरबार प्रवेश गर्ने कर्मचारीकाे पाेसाक जाँच, अधिकांशले नलगाएकाे पाइयाे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

सिंहदरबार प्रवेश गर्ने कर्मचारीकाे पाेसाक जाँच, अधिकांशले नलगाएकाे पाइयाे


काठमाडाैँ, १ पुस :
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै जाँच गरेको छ । 

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरूले पोसाक लगाएको/नलगाएको सम्बन्धमा जाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै जाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन जाँच गरिएको अधिकारीले बताउनुभयो ।

उहाँले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोसाक लगाएको/नलगाएको जाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएको पनि उहाँले बताउनुभयो । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराइ प्रवेश गर्न दिइएको पनि डीएसपी अधिकारीले बताउनुभयो ।

सरकारी कर्मचारीले पोसाक भत्ताबापत रकम लिने तर पोसाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताउनुभयो । अबदेखि नियमितरूपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.