जोगवनी नाका खोल्ने तयारी - pharaksandesh.com

मुख्य समाचार


Sunday, 6 December 2020

जोगवनी नाका खोल्ने तयारी


विराटनगर, २१ मङ्सिर :
कोरोना महामारीका कारण चैत्र ११ गते देखि बन्द रहेको विराटनगरको सिमावर्ती जोगबनी नाका खोल्ने तयारी सुरु गरिएको छ ।

सरकारले मंसिर ३० गते सम्म अन्तर्राष्ट्रिय सिमा बन्द गरेका कारण जोगबनी नाका बन्द रहेको छ । तर भारतले भने एकतर्फी रुपमा नेपालतर्फको सिमा खोलेको छ । स्थानीयहरुले खुला सिमाको फाइदा उठाउँदै नाका छेउछाउबाट आवतजावत गर्दै आएपछि सिमा नियन्त्रणमा समस्या हुँदै आएको छ ।

यसैबीच पौष १ गते देखि मूख्य नाका नै खोल्ने गरी सिमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्न लागिएको छ । यसका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा विराटनगर महानगरपालिकाले सिमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी गरेको छ ।

हेल्थ डेस्कमा नेपाल भारत आवतजावत गर्नेको तथ्यांक राख्नुका साथै स्वास्थ्य चेकजाँच गरिने बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.