आजको राशिफल।। आज वि.सं. २०७७ मंसिर २१ गते आइतवारकाे राशिफल - pharaksandesh.com

मुख्य समाचार


Sunday, 6 December 2020

आजको राशिफल।। आज वि.सं. २०७७ मंसिर २१ गते आइतवारकाे राशिफल

२०७७ मंसिर २१ गते, आइतवार, ६ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, षष्ठी तिथि (१६ः३४ बजेदेखि सप्तमी), अश्लेषा नक्षत्र (१२ः३९ बजेदेखि मघा), चन्द्रराशि– कर्कट १२ः३९ बजेदेखि सिंह।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। मध्याह्नदेखि अस्वस्थता र काममा विलम्ब हुन सक्छ। हडबडीले पनि समस्या निम्त्याउनेछ। अरूको दबाबमा काम गर्नुपर्दा नतिजा कमजोर बन्ने सम्भावना छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा मातृधनबाट भने लाभ मिल्नेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। समयमा साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हिम्मतले काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। मध्याह्नदेखि बोली-व्यवहारमा सावधान रहनुपर्ला। भैपरी आउने खर्चले आर्थिक अभाव गराउन सक्छ। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा पनि हुनेछ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। मध्याह्नदेखि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। पारिवारिक भेटघाट हुनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्गे लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि, लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  बेसुरमा काम गर्दा समस्या पर्नेछ। दिउँसाेदेखि सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीको लाभांश प्राप्त हुनेछ। आयस्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मनग्गे अर्थ सञ्चय गर्ने समय छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। केही काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ। अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। प्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता पनि बढ्न सक्छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि आफ्नै बेहोसीले नोक्सान पुर्याउला। अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने समयमा चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिगाे फाइदा हुने काम प्रारम्भ हुने समय छ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। नियमित काम सम्पादन हुनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा फाइदा हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन पनि सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.