नेपाल र चीनले जसरी सहकार्य गरे भाइरसलाई हराउन सकिन्छ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता - pharaksandesh.com

मुख्य समाचार


Thursday, 10 December 2020

नेपाल र चीनले जसरी सहकार्य गरे भाइरसलाई हराउन सकिन्छ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता


काठमाडाैँ, २५ मङ्सिर :
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नेपाल र चीनले जसरी अरु देशले पनि सहकार्य गरे कोरोना भाइरस (कोभिड–१९) लाई हराउन सक्ने बताएका छन् ।

मङ्गलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेको भोलिपल्ट विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजानले यस्तो बताएका हुन् । 

‘कोभिड–१९ अझै पनि विश्वमा कहरको रुपमा छ, नेपाल–चीनको जस्तो सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्न सक्छौँ ।’

पत्रकारले ‘सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्नुको महत्त्व के हो भनेर सोधेको प्रश्नमा प्रवक्ताले भने, ‘कोरोना महामारीका बीच यो शुभ समाचारले संसारका लागि आशा ल्याएको छ । सगरमाथाको नयाँ उचाइ चीन–नेपाल सम्बन्धमा कोशेढुङ्गा साबित भएको छ । यसले चीन–नेपालको नयाँ उचाइलाई पनि दर्शाउँछ ।’

उनले सगरमाथाको नयाँ उचाइ सबै वाधाविरुद्ध गएको एक वर्षमा दुवै पक्षका टिमको सहयोग र कडा मेहनतको परिणाम भएको बताए । उनले भनेका छन्, ‘म उनीहरुलाई धन्यवाद दिन चाहन्छु । चिनियाँ पक्ष हिमालको पारिस्थितिक र पर्यावरणको संरक्षण र वैज्ञानिक अनुसन्धानमा नेपाललाई सहयोग गर्न तयार छ ।’

मङ्गलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार सगरमाथाको नयाँ उचाइ ८८४८ दशमलव ८६ मिटर छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.