महासचिवलाई जन्मदिनको केक खुवाएर शुरु भयो नेकपा सचिवालय बैठक - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

महासचिवलाई जन्मदिनको केक खुवाएर शुरु भयो नेकपा सचिवालय बैठक


काठमाडौं, १६ मङ्सिर :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकको शुरुमा महासचिव बिष्णु पौडेलको जन्मदिनको अवसरमा उहाँलाई दुबै अध्यक्ष र सचिवालयका अरु सदस्यहरुले केक काटेर खुवाउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले अध्यक्षद्वय र सचिवालयका सदस्यहरुले महासचिवलाई केक खुवाएको तस्वीरसहितको समाचार ट्वीट गर्नुभएको छ ।

मंसिर ३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर बैठक बस्ने निर्णय भएको थियो ।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

नेकपा सचिवालयमा दुई जना अध्यक्षको फरक फरक प्रस्ताव पेश भएका छन । यी दुबै प्रस्तावमा एकले अर्कालाई विभिन्न बुँदामा आरोप प्रत्यारोपको भाषा प्रयोग भएपछि विवाद चर्किँदै गएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूमाथि लगाइएको आरोप झुठा भएको भन्दै फिर्ता लिन अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको छ । तर प्रस्ताव फिर्ता लिने नलिने विषयमा अध्यक्ष प्रचण्डले केही प्रतिकृया दिनुभएको छैन ।

पार्टिका दोश्रो पुस्ताका नेताहरु भने दुई फरक प्रस्तावले पार्टीमा विभाजनको रेखा देखिएको भन्दै सचिवालयबाट साझा प्रस्ताव बनाउनुपर्ने अडानमा छन ।

नेकपा स्थायी कमिटिको बैठक यही मंसिर १८ गते र केन्द्रिय कमिटिको बैठक यही मंसिर २५ गते बस्ने मिति यसअघि नै तय भैसकेको छ । सचिवालयमा साझा प्रस्ताव बन्न नसके दुबै अध्यक्षका प्रस्तावहरु यी कमिटिहरुमा प्रस्तावहरु जानेछन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.