काठमाडौं, २८ मङ्सिर : नेपाल आयल निगमले गएरातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको छ ।
भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।
No comments:
Post a Comment