कोभिड-१९ खोपको जानकारी 'युरोपमा चोरी' - pharaksandesh.com

मुख्य समाचार


Friday 11 December 2020

कोभिड-१९ खोपको जानकारी 'युरोपमा चोरी'


काठमाडाैँ, २६ मङ्सिर :
युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने बताएको छ।

फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको छ।

एजेन्सीले कोभिड-१९ का दुई खोपहरूलाई अनुमति दिने प्रक्रियामा राखेको छ।

केही साता लाग्ने अनुमति प्रक्रियालाई भने ह्याकिङ्ले असर नगर्ने एजेन्सीले जनाएको छ।

ईएमएले आफ्नो वेबसाइटमा राखेको सानो विज्ञप्तिमा ह्याकिङ्काबारेमा विस्तृत जानकारी दिएको छैन।

एक प्रवक्ताले त्यहाँको कम्प्युटर प्रणालीले काम गरिरहेको बताएका छन्।

तर बायोएनटेकले आफ्नो विज्ञप्तिमा खोपसम्बन्धी दस्तावेजहरू चोरिएको बताइएको जनाएको छ।

"आज हामीलाई यो सूचित गरिएको छ कि… एजेन्सीमा साइबर हमला भएको छ र फाइजर एवम् बायोएनटेकले विकास गरेको खोपका दस्तावेजहरू जुन ईएमएको कम्प्युटरमा रहेका थिए चोरिएका छन्।"

ईएमए यूरोपेली सङ्घमा औषधिलाई स्वीकृति दिने निकाय हो।

यूकेमा अनुमति पाएको फाइजरको खोप र मोडेर्नाले विकास गरेको खोप अनुमतिको प्रक्रियामा रहेका छन्।

हालैका दिनमा खोप विकास गरिरहेका र जनस्वास्थ्य संस्थाहरूमा ह्याकिङ् आक्रमणहरू बढेका छन्। (बीबीसीबाट)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.