काठमाडाैँ, १९ पुस : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे विवादले गणतन्त्र खतरामा परेकाे बताउनुभएकाे छ ।
आइतबार ट्वीटमार्फत नेता भट्टराईले नेकपाकाे आन्तरिक विवादका कारण जिन्दगीभरकाे मेहनतले बनाएकाे ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगाे लागेकाे बताउनुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!’
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021
साथै उहाँले केही व्यक्ति आगाे निभाउनुकाे सट्टा खरानीकाे लागि दाैडिरहेकाे भन्दै त्याे आगाे निभाउन सुझाव दिनुभएकाे छ ।
No comments:
Post a Comment