काठमाडाैँ, १९ पुस : उर्लाबारीमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । शनिबार अपरान्ह ५ बजे माेरङकाे उर्लाबारी नगरपालिका ४ आईतबारेमा बसकाे ठक्करबाट माेटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
कार्यलयका अनुसार पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका ४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लाबारीको अरनिको अस्पतालमा मृत्यु भएकाने हाे ।
घटनापछि मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएकाे छ ।
No comments:
Post a Comment