चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ जारी गर्ने - pharaksandesh.com

मुख्य समाचार


Saturday 2 January 2021

चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ जारी गर्ने


काठमाडाैँ, १८ पुस :
चन्द्रागिरी हिल्स लिमिटेडले आउँदो २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । पुस आईपीओका लागि पुस २८ गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.