नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्रीका लागि खुला, सबै आवेदकले शेयर पाउने - pharaksandesh.com

मुख्य समाचार


Friday, 15 January 2021

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्रीका लागि खुला, सबै आवेदकले शेयर पाउने


काठमाडाैँ, २ माघ :
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्रीका लागि खुला हुँदैछ । अहिलेसम्मकै सर्वाधिक कित्ता रहेको आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले प्राथमिक बजारको अहिलेसम्मकै धेरै ८ अर्ब बराबरको ८ करोड आईपीओ बिक्री गर्ने जनाएको छ । जम्मा कित्तामध्ये बैंकले नागरिकका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्ने भएको छ । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शूल्क दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले पुष १० गते कम्पनीलाई अनुमति दिएको थियो । सबै आवेदकले निश्चित आईपीओ पाउनेछन् भने छिटोमा माघ ६ देखि ढिलोमा १६ गतेसम्म बिक्रीमा रहनेछ । मागअनुसार आवेदन परेमा छिटो अवधिमै बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले सबै आवेदकलाई शेयर दिने भएकाले बैंकको शेयर भर्नाकै लागि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.