इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो - pharaksandesh.com

मुख्य समाचार


Friday, 15 January 2021

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो


काठमाडाैँ, २ माघ:
इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् । 

भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.