अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्कापछि प्रधानमन्त्रीबाट प्रतिनिधि सभाकाे प्राण हरण भयाे :कृष्ण पहाडी - pharaksandesh.com

मुख्य समाचार


Monday 4 January 2021

अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्कापछि प्रधानमन्त्रीबाट प्रतिनिधि सभाकाे प्राण हरण भयाे :कृष्ण पहाडी


काठमाडाैँ, २० पुस :
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गर्नुभएको छ । 

सोमबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताउनुभएको हो ।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उहाँकाे भनाइ छ । 

प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको मानव अधिकारकर्मी पहाडीले बताउनुभयो । 

यस्तै प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि पटक–पटक गैर–संवैधानिक कामकाे सिलसिलालाई प्रारम्भ गरेको पनि उहाँले आरोप लगाउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्न सक्ने बताउनुभयो ।

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाका लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि पहाडीले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.