शेयर बजारको उकालो यात्रा रोकिएन, नेप्से २४ सय ४० विन्दुभन्दा माथि - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

शेयर बजारको उकालो यात्रा रोकिएन, नेप्से २४ सय ४० विन्दुभन्दा माथि


काठमाडाैँ, १२ माघ  :
शेयर बजार परिसूचक नेप्से साेमबार (आज) पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ ।

साेमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्सलगायत समूहको शेयर घटेको छ । बैंक समूहको शेयर २५ अङ्कले, व्यापारको ९० र निर्जीवन बीमा समूहको शेयर ७९ अङ्कले बढेको छ ।

साेमबार दुई सय आठ कम्पनीका एक करोड ९२ लाख ८५ हजार कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साेमबार नागरिक लगानी कोषका शेयरधनीले १० प्रतिशत र अरू पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि श्री इन्भेसेटमेन्ट फाइनान्सका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.