ओलीलाई स्पष्टीकरण साेध्ने, विष्णु पाैडेललाई कारबाही गर्ने प्रचण्ड–नेपाल समूहकाे निर्णय - pharaksandesh.com

मुख्य समाचार


Friday, 15 January 2021

ओलीलाई स्पष्टीकरण साेध्ने, विष्णु पाैडेललाई कारबाही गर्ने प्रचण्ड–नेपाल समूहकाे निर्णय


काठमाडाैँ, २ माघ :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहकाे स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिनुभयो । 

यस्तै बैठकले आउँदाे माघ १६ गते काठमाडाैँमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदाे तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.