बालुवाटार मार्चको क्रममा भएको दमनको प्रचण्ड–नेपाल समूहद्वारा भत्र्सना - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

बालुवाटार मार्चको क्रममा भएको दमनको प्रचण्ड–नेपाल समूहद्वारा भत्र्सना


काठमाडाैँ, १३ माघ :
नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध बृहत् नागरिक समाजले गरेको बालुवाटार मार्चको क्रममा भएको दमनको भत्र्सना गरेको छ । पार्टी प्रवक्ता नाराणणकाजी श्रेष्ठले सोमबार अबेर विज्ञप्ति जारी गर्दै नागरिक समाजले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएकाे छ ।

‘लोकतन्त्रको स्थापना र संविधानको निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविष्मरणीय छ । नागरिक समाजका तिनै अगुवाहरू आज संविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदांगो भएको छ,’ प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ, ‘यसबाट संघर्षको आवश्यकता र औचित्य झन् बढेर गएको स्पष्ट छ । तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गर्न, प्रतिगामी षड्यन्त्रलाई पूर्ण रूपमा असफल पार्न र संविधान एवं लोकतन्त्रलाई रक्षा गर्न सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज र आमजनसमुदायलाई एकताबद्ध भएर संघर्षलाई अझ सशक्त रूपमा अगाडि बढाउन अपिल गर्दछ ।’ 

प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रहरी दमनबाट घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.