निर्देशक साजिद खानमाथि फेरि अर्की अभिनेत्रीले लगाइन् यौन उत्पीडनको आरोप - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

निर्देशक साजिद खानमाथि फेरि अर्की अभिनेत्रीले लगाइन् यौन उत्पीडनको आरोप


मुम्बइ।
दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मापति अब अभिनेत्री शर्लिन चोपडाले पनि निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । शर्लिनले सामाजिक संजालमा पोस्ट गर्दै ६ वर्ष पहिले आफ्नो भेट साजिद खानसँग भएको बताएकी छिन् । यही भेटको क्रममा साजिदले यौन उत्पीडन गरेको उनले बताएकी छिन् । शर्लिनले सामाजिक संजालमा कैयौं पोस्ट गर्दै साजिदमाथि कैयौं गम्भीर आरोप लगाएकी छिन् ।

एक पोस्टमा शर्लिनले लेखेकी छिन् ‘एक महत्वाकांक्षी अभिनेत्रीलाई फिल्ममा काम दिने बहानामा बोलाएर उसलाई गलत स्थानमा छुन बाध्य पार्नु के स्वीकृत छ ? यी व्यक्तिहरु किन कलाकारलाई फिल्मी प्रलोभन दिएर आफ्नो स्वार्थ सिद्धि गर्छन् ?’ अर्को पोस्टमा शर्लिनले लेखिन् ‘यदि तपाइँ जोनी सिन्स बन्न चाहनुहुन्छ भने बन्नुस् तर फिल्ममा काम दिलाउने बहानामा युवतीलाई बोलाएर अश्लील क्रियाकलाप गर्नु यो कहाँको सभ्यता हो ? शर्लिनले यो पोस्टमा साजिदलाई ट्याग पनि गरेकी छिन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.