काठमाडौँ, १९ पुस : प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । चौतर्फी दबाबपछि आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।
केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।
कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा अहिले नेताहरुले बोल्ने क्रम जारी छ ।
कोरोना संक्रमणबाट मुक्त भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनुभएकाे थियाे । बैठकमा उहाँले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताउनुभएकाे थियाे । उहाँले पनि तत्काल विरोधका कार्यक्रम घोषणा गर्नुपर्ने दबाव नेतृत्वलाई दिनुभयाे ।
No comments:
Post a Comment