नेपालको अध्यक्षतामा कार्यविभाजन टुंग्याउने कार्यदल - pharaksandesh.com

मुख्य समाचार


Sunday 3 January 2021

नेपालको अध्यक्षतामा कार्यविभाजन टुंग्याउने कार्यदल


काठमाडौँ, १९ पुस :
नेकपा (प्रचण्ड-नेपाल समूह)ले पार्टी विभाजन भएपछि नेताहरूको कार्यविभाजन टुंग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । 

नेपालको अधयक्षतामा पहिलो पटक बसेको स्थायी समिति बैठकले नेताहरूको कार्याविभाजन टुंग्याउन उहाँकै संयोजकत्वमा कार्यदल बनाएको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिनुभयाे । 

पार्टी कार्यालय पेरिशडाँडामा बसेको बैठकले बनाएको कार्यदलका सदस्यहरूमा सुरेन्द्र पाण्डे, भिम रावल, धनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, वेदुराम भुसाल, पम्फा भुसाल, शक्ति बस्नेत, मात्रिका यादव, गिरिराजमणि पोखरेल र गोकर्ण विष्ट सदस्य छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.