मेरो ध्यान नेपाली क्रिकेटको स्तरोन्नतिमा हुनेछ : प्रशिक्षक ह्वाटमोर - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

मेरो ध्यान नेपाली क्रिकेटको स्तरोन्नतिमा हुनेछ : प्रशिक्षक ह्वाटमोर


काठमाडौँ, ८ माघ :
नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेव ह्वाटमोरले आफ्नो पहिलो उद्देश्य नेपाली क्रिकेटको स्तरोन्नति रहेको बताउनुभएकाे छ ।

बिहीबार पहिलोपल्ट नेपाली मिडियासामु प्रस्तुत हुनुभएका उहाँले यस्तो बताउनुभएकाे हाे । ‘मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु,’ उहाँले भन्नुभयाे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रशिक्षणको लामो अनुभव बटुलिसकेका श्रीलंकाली मूलका अस्ट्रेलियाली प्रशिक्षक ह्वाटमोरले त्यही अनुभव नेपालमा पोख्न चाहेकाे बताउनुभयाे । ‘वानडे क्रिकेटमा नेपालको वरीयता सुधारमा पनि मेरो ध्यान हुनेछ,’ उहाँले भन्नुभयाे ।

नेपाल क्रिकेट संघले पुस पहिलो साता उनलाई नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । संघले खुला प्रतिस्पर्धाबाट उहाँलाई चयन गरेको हो । उहाँसँग एक वर्षको अनुबन्ध गरिएको छ । अस्ट्रेलियाका लागि सात टेस्ट र एक वानडे खेलेका ह्वाटमोर खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा बढी चर्चित हुनुहुन्छ ।

सन् १९९६ मा श्रीलंकाले वानडे विश्वकप जित्दा उहाँ त्यस टिमका प्रशिक्षक हुनुहुन्थ्याे । त्यसयता उहाँले बंगलादेश, जिम्बाब्वे र पाकिस्तानी टिम पनि सम्हालिसक्नुभएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.