देशलाई अस्तिरतातर्फ धकेल्ने संयन्‍त्रमा बदलिएको संसद्‍को औचित्य सकियो : गृहमन्त्री थापा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 12 January 2021

देशलाई अस्तिरतातर्फ धकेल्ने संयन्‍त्रमा बदलिएको संसद्‍को औचित्य सकियो : गृहमन्त्री थापा


काठमाडौं, २८ पुस :
गृहमन्त्री रामबहादुर थापाले स्थायित्वका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताउनुभएकाे छ । मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण प्रतिनिधि सभा विघटन गरिएको बताउनुभयाे ।

उहाँले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोपसमेत लगाउनुभयाे । सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाँको भनाइ छ । ‘प्रतिनिधि सभा राजनीतिलाई अस्तिरतातर्फ धकेल्ने संयन्त्रमा बदलियो । त्यसकारण यसको औचित्य सकियो,’ उहाँले भन्नुभयाे, ‘संविधानले राजनीतिक व्यवस्थालाई स्थायित्व प्रदान गर्छ । अस्तिरता पैदा भएको हुनाले संसद विगटन गर्न जरुरी थियो । नयाँ संसदको स्थापना गरौं । आजको सही राजनीतिक कदम हुन्छ । मध्यावधि निर्वाचनमा जाने अग्रगामी कदम हो ।’





आफूहरूले नयाँ नेपाल बनाउन चाहेको बताउँदै थापाले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे ।मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठीक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए । थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे । ‘जुन सदनमा नेकपाको दुई तिहाइको मत थियो । त्यसलाई विभाजित गरेर प्रधानमन्त्रीलाई अपदस्त गर्ने नीति वा कदम सही थियो वा गलत ?’ उनले भने, ‘यो प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । हामी परिवर्तन चाहान्छौं । समाजवादी समाजको निर्माण गर्न चाहान्छौ भने यो प्रश्नको ठीक जवाफ दिन जरुरी छ । तपाईँ बीचमा बस्न सक्नुहुन्न ।’

राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उनले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गरे । उनले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको धारणा राखे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.