देशव्यापी प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको छ : सभापति देउवा - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

देशव्यापी प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको छ : सभापति देउवा


काठमाडाैँ, ९ माघ :
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार व्यक्त गर्नुभएकाे छ । केपी ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध भन्दै कांग्रेसले बिहीबार देशव्यापी विरोध प्रदर्शन गरेको हो । 

‘आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ,’ विज्ञप्ति जारी गरेर देउवाले भन्नुभएकाे छ । कांग्रेसले बिहीबार देशभरका ६ हजार सात सय ४३ वडाबाट विरोध गरेको छ । 

‘गाउँ–नगर वडा कार्यसमितिका साथीहरूसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नुहुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा बधाई ज्ञापन गर्दछु,’ देउवाले भन्नुभयाे । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले १३ पुस, २५ पुस र ३ माघमा पनि विरोध प्रदर्शन गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.