कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी


काठमाडाैँ, ९ माघ :
कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ ।

लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला हिजो ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।

आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ ।

आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ । यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.