काठमाडौँ, २० पुस : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आज भारत जानुभएकाे छ । पत्नी सीतालाई उपचारको लागि प्रचण्ड आज बिहान ११ बजे बिमानबाट भारत जानुभएकाे हाे ।
सीता केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचारार्थ हुनुहुन्थ्याे । तर उहाँको स्वास्थ्य नसुधारिएकाले भारतको मुम्बई उपचारको लागि लगिएको हो । प्रचण्डको निजी सचिवालयका अनुसार सीता एक्लै जान नमानेकाले प्रचण्ड पनि जानुभएकाे हाे । छोरी गंगा र रेणुलाई राखेर प्रचण्ड बुधबार नेपाल फर्किने उहाँको सचिवालयले जनाएको छ । मुम्बईको सेभेनहिल्स हस्पिटलमा सीताको उपचार हुनेछ ।
यसअघि अमेरिका उपचारमा पनि श्रीमानसँग उपचारमा जानुभएकी प्रचण्ड पत्नी सीताले दिल्ली पनि सँगै जाने चाहना राख्नुभएकाे थियाे । उहाँको साथ छोरी गंगा पनि हुनुहुनेछ । प्रचण्डले यहाँको राजनीतिक परिस्थितिको कारण देखाएर नजान खोज्नुभएकाे थियाे ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित हुनुहुन्छ ।
No comments:
Post a Comment