काठमाडाैँ, २२ पुस : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे नबोलिरहेका बेला प्रतिनिधिसभा बिघटन गर्न नपाईने भनेर उहाँले विगतमा बोलेको भाषण सार्वजनिक भएको छ ।
युएनडिपी र संसद सचिवालय २०७६ साल साउन ४ गते धुलिखेलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताउनुभएकाे थियाे । नेम्वाङले अहिलेसम्म प्रधानमन्त्रीको कदमलाई सहि वा गलत भनेर टिप्पणी गर्नुभएकाे छैन । बरु, अदालतमा बिचाराधिन विषयमा नबोल्ने बताइरहनुभएकाे छ ।
धुलिखेलको कार्यक्रममा नेम्वाङले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नभएको बताउनुभएकाे थियाे ।
उहाँले त्याेबेला भन्नुभएकाे थियाे, 'अहिले प्रधानमन्त्रीले बिघटन गर्न सक्ने हामीले सविंधानमा व्यवस्था नै राखेनौँ । हामी सविंधानमा अलिकता अगाडि भएमा बाहेक सविंधानमा यो दिनमा निर्वाचन गर्ने भनेर राख्न खोजेका थियौँ । तर त्यही दिन भनेर राख्दा एक दिन पनि तलमाथि पर्यो भने संबैधानिक अप्ठ्यारो आउँछ भने हामीले त्यो गरेनौँ । अहिलेको संबैधानिक व्यवस्था भनेको आवधिक निर्वाचन १५/२० दिन अगाडि पछाडिको कुरा होला तर आवधिक निर्वाचन ठ्याक्कै ५ वर्षमा चुनाब हुन्छ ।'

No comments:
Post a Comment