जनकपुरधाम, २२ पुस : नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी फोडेर जानेहरूको अन्त्य शुनिश्चित रहेको बताउनुभएकाे छ । मंगलबार जनकपुरमा आयोजित वृहत्त अगुवा कार्यकर्ता भेलामा उहाँले प्रधानमन्त्री र एकल अध्यक्ष बन्ने लालचमा पार्टी एकता तोड्नेहरूको सपना चकनाचुर हुने बताउनुभयाे ।
उहाँले पदको लोभमा पार्टी फोड्नेलाई तह लगाइने पनि बताउनुभयाे । कम्युनिष्टहरू एकीकृत भएको ३ वर्ष नबित्दै आफ्नै अध्यक्ष विरुध्द लाग्नेलाई सच्चा कम्युनिष्टहरूले लखेटेर भगाउने उहाँले बताउनुभयाे ।
पदका लागि अनावश्यक बखेडा गर्दै पार्टी फोड्ने पुष्पकमल दाहाल प्रचण्डलाई तह नलगाएसम्म मुलुक र पार्टीको विकास हुन नसक्ने उहाँको भनाइ छ । उहाँले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताउदैँ अब प्रदेश कमिटी र जिल्ला कमिटी समेत नयाँ गठन हुने जानकारी समेत दिनुभयाे ।

No comments:
Post a Comment