कालिञ्चोक मन्दिर आसपासका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

कालिञ्चोक मन्दिर आसपासका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन


दोलखा, २२ पुस :
दोलखाको कालिञ्चोक मन्दिर आसपास बनेका घर टहरा १५ दिनभित्र हटाउन जिल्ला प्रशासन कार्यलय दोलखाले निर्देशन दिएको छ ।

दोलखाको कालिञ्चोक मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउने क्रम बढेपछि स्थानीय प्रशासनले घर टहरा बनाउन रोक लगाउनुको साथै मन्दिर आसपास बनेका घर टहरा भत्काउने निर्णय गरेको हो ।

कालिञ्चोक क्षेत्रमा कुनै पनि घरटहरा निर्माण हुन नदिने र निर्माणको प्रयास गरेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताउनुभयो ।

त्यस्तै घर टहरा निर्माण गरी व्यवसाय सञ्चालन गरेकालाई पहिचान गर्न डिभिजन वन कार्यलय प्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।

समितिले अनाधिकृत विस्तारको तथ्य र सो सार्वजनिक जग्गाको स्वामित्व सम्बन्धी तथ्याङक पहिचान गरी जिल्ला प्रशासन कार्यलयमा माघ १५ भित्र प्रतिवेदन पेश गर्नेछ ।

त्यसैगरी निश्चित स्थानमा बाहेक मन्दिर क्षेत्रको सौन्दर्यतलाई बिग्राने गरी कुरी क्षेत्रमा विभिन्न व्यवसायिक कम्पनीको विज्ञापन बोर्ड राखिएकाले हटाउनको लागी कालिञ्चोक गाउपालिकालाई प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.