डडेल्धुरा, २० पुस : पश्चिमी वायुका कारण मौषममा आएको वदलीसँगै आज भएको फाटफुट वर्षासँगै डडेल्धुरामा चिसो बढेको छ ।
गएरातिदेखि मौषममा वदली भएपनि आज विहानदेखि फाटफुट वर्षा भएका कारण डडेल्धुराका लेकाली भागदेखि अन्य भागमा चिसो वढेको हो ।
विशेषगरी जिल्लाको उच्च लेकाली भागमा वढी चिसो वढेको छ ।
चिसोकाकारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसो वढेपछि घरभित्रै आगो तापेर वस्नु परेको स्थानीहरु वताउँछन् ।
चिसोका कारण वालवालिका र वृद्धवृद्धा वढी प्रभावित भएका छन् ।
लामो समय सम्मपनि वर्षा नहुँदा हिउँदे वाली नहुँने हो की भन्ने पिरमा रहेका डडेल्धुराका किसान भने वर्षापछि खुशी भएका छन् ।
No comments:
Post a Comment