श्रीलंकासँग दक्षिण अफ्रिका १० विकेटले विजयी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

श्रीलंकासँग दक्षिण अफ्रिका १० विकेटले विजयी


काठमाडाैँ, २२ पुस :
श्रीलंकासँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिका १० विकेटले विजयी भएको छ ।

यो जीतसँगै दुई टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ । जीतको लागि पाएको ६७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १३ दशमलव २ ओभरमा बिना विकेट पूरा गरेको थियो । दोस्रो इनिङमा श्रीलंका ५६ दशमलव ५ ओभरमा २ सय ११ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाको लागि यो जीत सहज भएको हो ।

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले १ सय ३ रनको शतकीय इनिङ खेल्न सफल रहेपनि अन्य ब्याट्सम्यानहरु चल्न नसक्दा श्रीलंकाले यो सिरिजमा लज्जास्पद हार व्यहोरेको हो । दक्षिण अफ्रिकाले अब पाकिस्तान भ्रमण गर्नेछ ।

पाकिस्तान र दक्षिण अफ्रिकाबीच जनवरी अन्तिमदेखि २ टेष्ट र ३ टी-२० का खेलहरु खेलिनेछन् । इङ्ल्याण्डसँग जनवरी तेस्रो सातादेखि आफ्नै घरेलु मैदानमा दुई टेष्ट र तीन ओडिआइ सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.