अमेरिकाका सरकारी निकायमा भएको साइबर ह्याकिङमा रुसको हातः अमेरिका - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

अमेरिकाका सरकारी निकायमा भएको साइबर ह्याकिङमा रुसको हातः अमेरिका


न्यूयोर्क, २२ पुस :
गत महिना अमेरिकाका सरकारी निकायहरुमाथि भएको गम्भीर साइबर ह्याकिङका पछाडि रुसको हात रहेको अमेरिकी गुप्तचर एजेन्सीले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सरकारी निकायहरु माथिको ह्याकिङका पछाडि चीनको हात रहेको बताउनुभएको थियो । तर अन्य प्रशासनिक व्यक्तिहरुले भने सुरुदेखि नै ह्याकिङका पछाडि मस्कोलाई दोष दिइरहेका थिए ।

गुप्तचर सम्बन्धी निकायले संयुक्त वक्तव्य जारी गर्दै ह्याकिङका कारण १० वटाभन्दा बढी सकारी नियकायहरुमा असर पर्नुका साथै अन्य गैरसरकारी निकायमा पनि असर परेको जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक तथ्यहरुको संकलन भइरहेको अमेरिकी गुप्तचर संस्थाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.