नेपालमा ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 January 2021

नेपालमा ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति


काठमाडौं, ३ माघ :
नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो ।

बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.