परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्रीसँग भेट - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 January 2021

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्रीसँग भेट


काठमाडौं, ३ माघ :
भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेख्नुभएको छ, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित हुनुहुन्थ्यो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.