काठमाडाैँ, ३ माघ : प्रधानमन्त्री तथा नेकपाकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको छ ।
प्रदेश १ सम्पर्क कमिटीले काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले योगेश भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताउनुभयो ।
‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’, ओलीले भन्नुभयो ।
तर यस्ता बैगुनीका कुरामा आफू अलमलिन नचाहेको ओलीको टिप्पणी छ । २०७४ सालको चुनावमा ताप्लेजुङ पुगेर प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई जिताएर पठाएमा पक्का मन्त्री बनाउने भन्दै भाषण गर्नुभएको थियो । त्यै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आज योगेश भट्टराइलाईलाई ‘बैगुनी केटो’ भन्दै लाञ्छना लगाउनुभएको हो ।

No comments:
Post a Comment