होटेलमा परीक्षा लिने तीन शिक्षक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

होटेलमा परीक्षा लिने तीन शिक्षक पक्राउ


काठमाडाैँ, ८ माघ :
परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा विद्यार्थीको परीक्षा लिएको आरोपमा पोखराको एक विद्यालयका प्रधानाध्यापकसहित तीनजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीको होटेलमा लगेर परीक्षा लिएको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक एवं परीक्षा केन्द्राध्यक्ष सूर्य तिवारी, विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र विद्यालयका अर्का शिक्षक शिरीषकुमार बस्ताकोटी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बताउनुभयाे । 

उनीहरूविरुद्ध राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले जाहेरी दिएको जनाएको छ । तीनजनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको डिएसपी हमालले बताउनुभयाे । तीनैजनाको मिलेमतोमा कक्षा ११ का एक विद्यार्थीको पोखराको होटेलमा परीक्षा लिएको आरोप लागेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.