कोरोनाविरुद्धको १० लाख डोज खोप नेपालमा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

कोरोनाविरुद्धको १० लाख डोज खोप नेपालमा


काठमाडौं, ८ माघ :
नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ।

केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप आएको हो । यी खोपहरु आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी लगायत सफाइकर्मीहरुलाई दिइने जानकारी दिनुभयो ।

नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने तयारी सरकारले गरेको छ ।

सरकारले खोप आएको सात दिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.