लागुऔषध आरोपी पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 June 2019

लागुऔषध आरोपी पक्राउ

रत्ननगर, ५ असार  : लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन चितवन प्रहरीले अभियान शुरु गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बुधबार जिल्लाका विभिन्न ठाउँबाट ४० लागुऔषध आरोपीलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक मल्लले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यो अभियानलाई निरन्रता दिइने उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ । त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.