संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कांग्रेसलाई मान्य नहुने - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कांग्रेसलाई मान्य नहुने


काठमाडौं, १८ कात्तिक :
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत भएको कांग्रेसले जनाएको छ । 

असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरिएको थियो । त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो । 

संविधानको मर्म विपरित सरकारी निर्णय भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा चेतावनीको शैलीमा सरकारलाई भन्नुभयाे, 'होसियार! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराउनुभएकाे छ । शर्माले भन्नुभयाे, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.