![]() |
| रीना भट्ट |
गौतम बुद्धका बिभिन्न उपदेश मध्ये जीवन उपयोगी सबैभन्दा महत्वपूर्ण उपदेश भनेको यदि कसैले तपाईँ हामी लाई पटक पटक बोलि र बचनले अपमान गर्छ भने त्यस्तो अबस्था मा के गर्ने हामी मनुष्य जातिले? भन्ने प्रसंग अत्यन्त महत्वपूर्ण रहेको छ। गौतम बुद्ध को यो प्रसंग मार्फत हामी महत्वपूर्ण सिख सिक्न र आफ्नो जीवन को लक्ष तय गर्न सक्छौ । प्रसंग यो रहेको छ एक चोटि महात्मा बुद्ध एउटा गाउँमा गएर एउटा सभामा प्रबचन दिदै थिए ।प्रबचनमा उनले "क्रोध एकप्रकारको अग्नी हो क्रोधी ब्यक्ती को यो क्रोध रूपी अग्नी ले अरूलाई होइन उ आफैंलाई जलाउने काम गरिरहेको हुन्छ ।
क्रोध मार्फत ब्यक्ती ले अरुलाई दुखदिने प्रयास गर्छ तर बास्तबमा त्यो दुःख अरूले महसुस गर्नु भन्दा नी बढि महसुस त्यहि क्रोधी ब्यक्ती ले नै गरिरहेको हुन्छ"।भनेर प्रबचन गरिरहेको गौतम बुद्ध को यो बिचार् लाई एउटा क्रोधी ब्यक्ती ले पनि सुनीरहेका थिए । त्यो क्रोधी ब्यक्ती ले यो सुने पछि झन् क्रोधीत भै गौतम बुद्ध लाई नानाथरीको गालि गर्दै भनेछ" 'ए ढोंगी त मुखले मात्र बोल्छस् की पालना पनि गरेर देखाउन सक्छस? पालना गरेर देखाईदे, मान्छे को फरक फरक ब्यबहार हुन्छ भन्ने थाहा हुदा हुदै यो बिषयमा बोल्न तलाई लाज लागेन '" भन्दै गौतम बुद्ध लाई गाली गरेछ। गाली गरेको सुनेर गौतम बुद्ध शान्त भएर सुनेर केहि नबोली बसिरहे।
शान्त बुद्ध लाई देखेर त्यो ब्यक्ती लाई अझ बढि रिस उठन थालेछ र त्यो ब्यक्ती रिसले मुख रातो रातो बनाऊदै गौतम बुद्ध को मुखमा थु गरेर थुकिदिएछ। गौतम बुद्ध ले अझै पनि केही नबोली आफ्नो चेला संग रूमाल मागेर थुकले भरिएको आफ्नो मुख पुगेछन् र त्यो ब्यक्ती लाई "तिमीलाई अरू केहि भन्नु छ भने भन" भनेछन् यो देखेर त्यो क्रोधी ब्यक्ती ले अझ रिसले गौतम बुद्ध लाई गाली गर्दै हिडेछ । हिड्न लागेको ब्यक्ती लाई गौतम बुद्ध ले भनेछन् ' यो तिम्रो ब्यबहार भनेको नकारात्मक भावना र असंतुस्टि को अभिव्यक्ति हो।'
यो सुनेर झन रिसाउँदै त्यो क्रोधी ब्यक्ती सभाबाट बाहिर निस्केछ तत्पश्चात् गौतम बुद्ध पनि त्यो गाउँ मा प्रबचन समाप्त गरि अर्को गाउँ मा प्रस्थान गरेछन्। जब अर्को दिन भयो त्यो क्रोधी ब्यक्तीको क्रोध शान्त भयो तब आफूले गौतम बुद्ध लाई गाली गरेको र बुद्ध ले चुपचाप सहेर बसेको कुरा सम्झेर पस्चाताप आत्मग्लानि को भावना आउन थालेछ। तब ऊ हतार हतार बुद्ध भा ठाउँमा पुगेछन् तर त्यहाँ बुद्ध लाई नभेटे पछि दगुरदै आर्को गाउँ मा गौतम बुद्ध भएको ठाउँमा पुगेछन् र बुद्ध को खुट्टा समातेर मलाई माफ गर्नु बुद्ध मैले हिजो हजुर लाई गाली गरेर ठूलो गल्ती गरे भनेर भनेछ। गौतम बुद्ध ले यो देखेर आश्चर्य मान्दै तिमी को हौ ? भनेर प्रश्न गरेछन् यो सुनेर त्यो क्रोधी मान्छे ले भनेछ म त्यहि मान्छे हु जसले हिजो हजुर लाई गाली गर्दै मुखमा थुकेको पनि थियो। यो सुनेर गौतम बुद्ध ले हाँस्दै भनेछन्,"हिजोको कुरा मैले हिजै त्यही ठाउँमा छोडेर आइसके। सम्पूर्ण नराम्रो कुरालाई र घटनालाई सधै याद गरिरहने हो भने त जीवन र भबिष्य अगाडि बढ्न नै सक्दैन। यस्ता नराम्रो घटनाको सम्झना ले दुःख र संकटबाहेक केही पनि मानब जीवन लाई दिदैन तसर्थ भुतको कुरा लाई भुतमै छोडेर म आई सके" भनेछन्। यो सुनेर त्यो ब्यक्ती खुट्टा मा परेर रून थालेछ।
यो कथाको सन्देश "हामी सम्पूर्ण मानव जाति नराम्रो कुरा र नराम्रो घटना लाई बिर्सेर आफ्नो जीवन को बाटो मा अगाडि बढ्नु पर्छ। कसैले भनेको अपमानजनक भनाई र कुरा लाई आफ्नो मनस्थितिलाई राखी रह्यौ भने यसले हामीलाई नै दुःख दिन्छ अरु कसैलाई दुःख दिदैन । अर्थात् नकारात्मक बचन, नकारात्मक घटना, नकारात्मक सम्झना, नकारात्मक प्रसंग यी सबैलाई आजै बाट हामीले त्यागेर अगाडि बढ्नु नै गौतम बुद्ध को शिख हो जसलाई आजै बुद्ध पूर्णिमा को दिन देखि आफ्नो जीवन मा हामीले प्रारम्भ गरौ भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई बुद्ध जयन्ती को उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

No comments:
Post a Comment