नेप्से परिसूचक घट्यो - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

नेप्से परिसूचक घट्यो

काठमाडौँ, ४ असार  : साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । स्टकका अनुसार आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए । कारोबार भएका ११ उपसमूहमध्ये विकास बैंक ५.४२, वित्त २.८६, उत्पादन ७.९१, अन्य २.२४ र जीवन बीमा १४.२४ बिन्दुले बढेको छ । यसैगरी बैंकिङ १.०६, होटल ३.४७, जलविद्युत् १.७३, निर्जीवन बीमा ३०.२८, लघुवित्त १.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । 

स्टकका अनुसार एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । एनआइसी एसिया बैंकको रु दुई करोड १७ लाख ५४ हजार ६८३, प्रभु बैंक लिमिटेडको रु दुई करोड तीन लाख ३५ हजार १०४, नेपाल बैंक लिमिटेडकोे रु एक करोड ८० लाख तीन, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड ४९ लाख ५३ हजार ५० र तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर रु एक करोड ३४ लाख ६१ हजार ६१५ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

घटेको बजारमा मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ९.६९, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ६.५१, कालिका पावर कम्पनी लिमिटेड ५.४३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ४.८२ र साङ्ग्रीला विकास बैंकका शेयरधनीले ४.०० प्रतिशतले कमाए । 

घलेम्दी हाइड्रोपावर लिमिटेडका शेयरधनीले ३.५७, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ३.१९, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ३.१०, नेपाल हाइड्रो डेभलपर लिमिटेड ३.१० र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका शेयरधनीले २.७३ प्रतिशले गुमाए । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.