धारिलो हतियार प्रयोग गरी हत्या - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 June 2019

धारिलो हतियार प्रयोग गरी हत्या

राजापुर, ५ असार  : बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । 

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.