२० वर्षीया युवतीको विभत्स हत्या - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

२० वर्षीया युवतीको विभत्स हत्या

फिदिम, ४ असार : पाँचथरको हिलिहाङ गाँउपालिका–६ सिटे भन्ने स्थानमा लघुवित्तका एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ बजे शव फेला परेको हो । घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जङ्गलको बीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।



No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.