समता अस्पतालमा युवतीको शव फेला - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 June 2019

समता अस्पतालमा युवतीको शव फेला

साँखु, ३ असार : बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 

रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार उनी दुई महीनादेखि यही अस्पतालमा काम गर्दै आएकी हुन् । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उहाँले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.