गुठी विधेयक फिर्तापछि आक्रोशित हुँदै एक युवाले भने, "मेरो नागरिकता खोसियोस्" - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

गुठी विधेयक फिर्तापछि आक्रोशित हुँदै एक युवाले भने, "मेरो नागरिकता खोसियोस्"

काठमाडौँ, ४ असार : राजधानीमा यहाँका गुठियारहरुले सरकारले मङ्गलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएर प्रदर्शन भइरहेको छ तर यसै समयमा झापाका एक युवाले यसको बिरोध गरेका छन्।   

झापाका शेरबहादुर पौडेल नाम गरेका युवाले गुठी विधेयकमा धेरै राम्रा बिषय भएको भन्दै यसमा भएका कमिकमजोरी सच्याएर ल्याउन समेत माग गरेका छन्। 

ती युवाले चेतावनीमा भनेका छन्, "उपत्यकालाई मात्र हेरेर विधेयक फिर्ता नलिईयोस्, राजधानी बाहिरका नागरिक कोहि यस देशका नागरिक होइनन भने मेरो नागरिकता खोसियोस् र अर्कै देशको नागरिक झैँ बेवाहार गरियोस्।"



उनले विधेयक फिर्ताले के समस्या समाधान भयो त ? भन्दै प्रश्न समेत गरेका छन्। 
झापाका ती युवाले बोलेको भिडियो हेर्नुहोस् :


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.