परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ४ असार : गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।

“राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्, सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारीअनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस्”, गृहमन्त्रीले भन्नुभयो ।

प्रदेशको विशिष्टताअनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्दै गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्नसमेत सुझाव दिनुभयो । गृहसचिव प्रेमकुमार राईले गृह प्रशासन सुधार कार्ययोजना, मन्त्रालयको नीतिनियम, निर्देशन, सङ्गठनको कार्ययोजनाअनुुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनसुन शुरु हुन लागेकाले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनका लागि आवश्यक योजना बनाउन आग्रह गर्नुभयो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.