चिनियाँ र जापानी महिला बहुसंख्यक सहायकहरूले (दिवंगत सैनिकहरूको) खरानी लिंदै, (国防婦人会員と共に遺骨の出迎をする愛路婦女隊員), उत्तरी चीन रेलवे संग्रहबाट। सन् १९३९ डिसेम्बरमा Changxindian Station, पेइचिङ्ग-ग्वाङ्जौ रेल्वेमा लिइएको तस्वीर । तस्वीर इजाजत: CC BY 4.0. .
लेखक: नेविन थोम्पसन, अनुवादक : सरोज रिजाल
काठमाडौँ, ५ असार :फेब्रुअरी २०१९ मा सुरुवात भएको एक नयाँ अनलाइन डाटाबेसले जापानद्वारा कब्जा गरिएको उत्तरपूर्वी चीनको युद्धकालिन जीवनको एक झलक प्रदान गर्दछ। खोजी सूचीमा ३९,७७५ फोटोग्राफहरू व्यवस्थित गर्ने उत्तरी चीन रेलवे अभिलेख द्वितीय विश्वयुद्धको अन्त्यमा धेरै जापानी अनुसन्धान संस्थानहरू र यी फोटोहरूको स्वामित्वभएको क्योटो विश्वविद्यालयबीचको सहयोग हो।
अहिलेसम्म २०१९ मा, क्योटो विश्वविद्यालयले सञ्चालन गरेका थुप्रै प्रदर्शनीहरूमा संग्रहमा भएका फोटोहरूबाट सानो संख्यामा मात्र फोटोहरू प्रदर्शन गरिएका छन्। उत्तरपूर्वी चीनमा जापानीहरूकाे कब्जा झल्काउने वा लुकाउने उद्देश्यले प्रदर्शन गरिएका फोटोहरूको प्रकृति र फोटो प्रदर्शनीको सामान्य टोन दुवैले जापान बाहिर, चीनमा कडा प्रतिक्रियाहरू निम्त्याएका छन्।

तस्वीर विवरण : “दिवंगत निर्माण कार्यकर्ताहरूमा समर्पित स्मारक र Shidexian रेल लाइनको उद्घाटनमा उत्स्व मनाउँदै किसानहरू।” (建設の人柱の墓と開通を喜ぶ農民), Wangjiajing, सन् १९४१. तस्वीर स्राेत: उत्तर चीन रेलवे संग्रहबाट. तस्वीर इजाजत: CC BY 4.0.
प्राथमिक स्रोतको रूपमा, स्क्यान गरिएका तस्वीरका संग्रहमा रहेका तस्वीरका मूल म्याट ब्लकिंग, साथसाथै तस्वीरको स्थानको बारेमा विस्तृत कागजातहरू, कहिले तस्वीर लिइएको थियो, फोटोग्राफरको नाम र चित्रण गरिएका बारेमा नोटहरू रहेका छन्।
यी तस्वीरहरू मूल रूपमा प्रचारक स्टक तस्वीरहरू हुन् र उत्तरी चीन ढुवानी कम्पनीका (華北 交通) कर्मचारीहरूद्वारा लिइएको थियो। यो कम्पनी गणतान्त्रिक चीनको तथाकथित अस्थायी सरकार (中華民国 臨時 政府, जापानीमा)द्वारा नियंत्रित क्षेत्रमा क्षेत्रमा सञ्चालित थियो । उत्तरपूर्वी चीनको सो
कठपुतली राज्य राज्य कब्जा गर्ने जापानी सेनाद्वारा समर्थित थियो र चीन-जापान युद्धको बेला सो सेनालाई सहयोग गर्दथ्यो ।
कठपुतली राज्य राज्य कब्जा गर्ने जापानी सेनाद्वारा समर्थित थियो र चीन-जापान युद्धको बेला सो सेनालाई सहयोग गर्दथ्यो ।
उत्तरपूर्वी चीनको अर्को जापानी कठपुतली राज्यमा सो कम्पनीले उत्तरपूर्वी चीनमा पेइचिङ्ग वरपर चिङ्गचिनचीको क्षेत्रलाई हर्बिन र मन्चुरियाका अन्य शहरहरूसँग जोड्ने हजारौं किलोमिटर बस र रेल लाइनहरूको व्यवस्थापन गर्दथ्यो।

तस्वीर विवरण : सन् १९३९मा रहेकाे शीलामा बुद्ध Yungang Grottoes in Datong . तस्वीर स्राेत : उत्तरी चीन रेलवे अभिलेख. तस्वीर इजाजत: CC BY 4.0.
यस क्षेत्रमा आधारभूत संरचनामा जापानी लगानी देखाउन र जापानद्वारा गरिएको कब्जाको सुव्यवस्था र शान्तता देखाउनुको साथै यी तस्वीरहरूले उत्तरी चीन ढुवानी कम्पनीद्वारा संचालित रेल नेटवर्क (नक्सा) मा पर्यटक स्थलहरूको पनि प्रचार गरे।

तस्वीर विवरण: सन् १९३९ मा लङघाइ रेलवेमा रहेकाे खइफेङ् स्टेशन नजिककाे ड्रम टावर। तस्वीर स्राेत: उत्तरी चीन रेलवे अभिलेख। तस्वीर इजाजत: CC BY 4.0.
यस संग्रहका फोटोहरूमा सन् १९३० र १९४० ताकाको जापानी कब्जाका बेलाको बेइजिङ (अहिले पेइचिङ्ग) र उत्तरपूर्वी चीनका अन्य भागहरूका शहरिया जीवनका थुप्रै दृश्यहरू हेर्न सकिन्छ।

तस्वीर विवरण : “Hengshui Castle बाट अवलाेकन” (衡水城外を望む)। सन् १९४१ जुलाईमा Hengshui नजिक लिइएकाे तस्वीर (तस्वीर विवरण)। वास्तविक तस्वीर स्राेत: उत्तरी चीन रेलवे अभिलेख । तस्वीर इजाजत : CC BY 4.0.
यी फोटोहरू उत्तरी चीन ढुवानी कम्पनीको प्रवर्द्धन गर्न फोटोग्राफरहरूले फोटो खिचेका थिए। त्यसैले यी फोटोहरूमा चीन-जापान युद्धको समयमा चिनियाँ नागरिकहरूले सन् १९३७ देखि १९४५ सम्म लडाइ र जापानी कब्जाका बेला भाेगेका कठिनाईबारे कुनै दस्तावेज छैन। यी वर्षहरूमा न्यानजिंग नरसंहार जस्तै जापानी आक्रमणकारीहरूको अत्याचार र क्रूरताहरू सहदैअनुमानित २ करोड २० लाख चिनियाँ नागरिकहरूले ज्यान गुमाएका थिए।
उत्तर चीन रेलवे अभिलेखको अनलाइन परिचयले कब्जा गर्ने उपनिवेशकको रूपमा जापानको भूमिकाको उल्लेख गर्दैन, र यसको सट्टा फोटो संग्रहद्वारा प्रस्तुत विगतमा ध्यान केन्द्रित गर्दछ:
उत्तर चीन रेलवे अभिलेखको अनलाइन परिचयले कब्जा गर्ने उपनिवेशकको रूपमा जापानको भूमिकाको उल्लेख गर्दैन, र यसको सट्टा फोटो संग्रहद्वारा प्रस्तुत विगतमा ध्यान केन्द्रित गर्दछ:
क्योटो विश्वविद्यालयद्वारा राखिएका “८० वर्ष पहिलेकाे चीन“(80年前の中国)भनिने प्रदर्शनीले अतीतलाई बुझ्नको लागि एक स्रोतको रूपमा फोटोहरू प्रस्तुत गर्दछ र जापानको युद्धकालको भूमिकाबारे केही पनिउल्लेख गर्दैन।
साउथ चाइना मर्निङ्ग पाेष्टमा काशित अंग्रेजी-भाषा आलेखसँग सहमत, चीनमा ध्यान केन्द्रित गर्ने जापानी समाचार साइट रेकर्डचाइनाका लागि लेख्ने एक टिप्पणीकारले उल्लेख गरे:
उत्तरी चीन रेल अभिलेखमा ३,९७७ चित्रहरू ट्याग, वर्ष, र तस्वीर लिईएको नजिकैको रेल स्टेशनका अनुसार व्यवस्थित गरिएका छन्। उत्तर चीन रेल अभिलेखलाई क्रेडिट र एट्रिब्युशन दिएर यी तस्वीरहरूलाई स्वतन्त्र रूपमा साझेदारी र अनुकूलित गर्न यस इजाजतपत्रले अनुमति दिन्छ।
लेखक: Nevin Thompson
अनुवादक : Saroj Rijal
यो लेख यहाँ पनि हेर्न सकिन्छ :

No comments:
Post a Comment